News Summary
Generated by OK AI. Editorially reviewed.
एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक भदौ ४, ५ र ७ गते बोलाएको छ।
केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा बिहान ११ बजे सुरु हुनेछ।
पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि पार्टीभित्र विवाद चुलिएको छ।
२४ साउन, काठमाडौं । एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहका बैठक बोलाएको छ ।
पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
पार्टी महासचिव घनश्याम भूसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ र ७ गते बोलाइएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा हुनेछ ।
केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ ।
सबै बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् ।
पतञ्जलि जग्गा प्रकरणमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीमा समस्या आएको छ ।
मुद्दा दर्ता हुँदा पनि नेपाल पार्टी नेतृत्वमा रहेको भनी प्रश्न उठेपछि विवाद चुलिएको हो । यसै विषयलाई लिएर नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने सम्मानित नेता झलनाथ खनाल र नेपालबीच कडा सवालजवाफ चलिरहेको छ ।