रेशम चौधरी – Online Khabar

साउन २४, २०८२
resham Chaudhary Tikapur ghatana by Ditible

२४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको बताएका छन् ।

साथै, उनले उक्त निर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने बताए ।

संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

थारु–मधेशी लगायत सबै उत्पीडितहरूको एकताको निम्ति मोर्चा गठन गर्नु परेको उनको भनाइ थियो ।

‘यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो,’ चौधरीले भने, ‘यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने छ ।’

साथै, उनले थारु भएकै कारण आफूहरूमाथि राज्यसत्ताबाट अन्याय र विभेद भएको गुनासो पनि गरे ।

कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि सम्बोधन गरेका थिए ।

मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।

संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रम

Leave a Reply

Your email address will not be published.