मधेश प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १७ सय पशु मरे

साउन २४, २०८२
Lampi Skin by Ditible

२४ साउन, जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेश प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् ।

प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९ वटा पशु उपचारबाट निको भएको बताएको छ ।

लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ ।

अभियानअर्न्तगत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोपलगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्रमार्फत  खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published.