गाजामा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुग्यो, इजरायली आक्रमणबाट थप ३८ जना मारिए

साउन २५, २०८२
Gaja food Crisis by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

गाजा क्षेत्रमा कुपोषणका कारण ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सैन्य कारबाहीबाट पछिल्लो २४ घण्टामा गाजामा ३८ जनाको मृत्यु र ४९१ जना घाइते भएका छन्।
इजरायलले गाजा सहर ७ अक्टुबर २०२५ भित्र खाली गर्न बासिन्दालाई भनेको छ।

२५ साउन, काठमाडौं । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् ।

इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ ।

स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीबाट गाजामा ३८ जनाको मृत्यु भएको छ भने ४९१ जना घाइते छन् ।

हमासलाई निमिट्यान्न पार्न भन्दै इजरायलले ७ अक्टुबर सन् २०२३ देखि सुरु गरेको आक्रमणबाट हालसम्म ६१ हजार भन्दा धेरैको मृत्यु भइसकेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजा सहर नियन्त्रणमा लिनुअघि इजरायलले त्यहाँका बासिन्दालाई ७ अक्टुबर २०२५ भित्र शहर खाली गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published.