काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले उत्तर कोरियासँग पराकिलो हार व्यहाेरेकाे छ ।
अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० ले स्तब्ध भएकाे हाे । खेलको पहिलो हाफमै उत्तर कोरियाले ५-० को अग्रता लिएको थियो। दोस्रो हाफमा थप ६ गोल गर्दै नेपाललाई निराश बनाएको थियो। उत्तर कोरियाकी क्युङ हो रीले पहिलो हाफमा चार गोल गरिन्। उनले दोस्रो, १२, ३७, र ४१ औं मिनेटमा गोल गरेकी थिइन्।
यता, नेपाल भने तीन खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक जोड्दै दोस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।













