२५ साउन, काठमाडौं। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका सम्ममानित नेतासँग भेट गरेका छन् ।
हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा आइतबार खानालको डल्लुस्थित निवासमै पुगेर श्रेष्ठले भेट गरेका हुन् ।
भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।
करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको थियो ।
एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता चर्चा भइरहेका बेला श्रेष्ठले एकीकृत समाजवादीका नेताहरूसँगको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।












