News Summary
Generated by OK AI. Editorially reviewed.
नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने बताए।
रिजालले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै प्रयोग गर्न नदिइने बताए।
उहाँले नेपालले छिमेकी चीनसँग एक चीन नीतिमा स्पष्ट रहेको र नेपाल-भारत सम्बन्धको मूल्य अपरिवर्तित रहेको उल्लेख गरे।
२५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने टिप्पणी गरेका छन् ।
भारतमात्रै नभइ कुनै पनि दशमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने उनको भनाइ छ ।
‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरूमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य हुँदैन । नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन,’ रिजालले भने ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रिजालले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पारे ।
नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको उनले बताए ।
‘आतंकवादी गतिविधिका लागि हामी नेपालको कुनैपनि भूमि प्रयोग हुन दिँदैनौँ । अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ,’ रिजालले भने, ‘एक चीन नीति…। अहिले कुनै कुनै सरकारले त एक चीन सिद्धान्त नै भनेका छन् । नीतिबाट पनि बुरुक्कै उफ्रिएर ।’
नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने उनको भनाइ थियो ।












