डेभिडको उत्कृष्ट प्रदर्शनमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हरायाे -वाइरिबल

साउन २६, २०८२
s by Ditible

काठमाडाैं । टिम डेभिडको विस्फोटक इनिङ्सको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पहिलो टी-२० म्याचमा १७ रनले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले आफ्नो लगातार नवौं टी-२० जित दर्ता गरेको छ।

डार्विनमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलिया कुनै समय एक समय ७५-६ को कमजोर अवस्थामा पुगेको थियाे । त्यसपछि डेभिडले उत्कृष्ट पारी खेलेर उद्धार गरेका थिए । उनले आफ्नो इनिङ्समा ८ छक्का र ४ चौका प्रहार गर्दै
५२ बलमा बनाएको ८३ रन जाेडे ।

बेन ड्वार्सुइसग मिलेर डेभिडले सातौं विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १७८ को सम्मानजनक स्कोरमा पुर्‍याएका थिए।

दक्षिण अफ्रिकाका बलर क्वेना माफाकाले २० रन खर्चेर ४ विकेट लिएका थिए।

जवाफमा दक्षिण अफ्रिकाको सुरुवात राम्रो हुन सकेन । कप्तान एडेन मार्कराम सस्तोमा आउट भए। रायन रिकेलटन (७१) र ट्रिस्टन स्टब्स (३७) को साझेदारीले टोलीलाई जितको आशा देखाए पनि अस्ट्रेलियाका बलरहरु, विशेषगरी जोश हेजलवुड (३-२७) र ड्वार्सुइस (३-२६) ले महत्वपूर्ण विकेट लिएर दक्षिण अफ्रिकाको ब्याटिङ लाइनअप ध्वस्त पारे।

ग्लेन म्याक्सवेलले अन्तिम ओभरमा रिकेलटनको उत्कृष्ट क्याच लिएपछि अस्ट्रेलियाले जित सुनिश्चित गर्‍यो।

अब सिरिजको दोस्रो म्याच मंगलबार डार्विनमै हुनेछ।

Leave a Reply

Your email address will not be published.