काठमाडाैं । रोस्टन चेजको अलराउन्ड प्रदर्शनको मद्दतले वेस्ट इन्डिजले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । डकवर्थ लुइस प्रणालीको प्रयोग गरी निर्धारित खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई १० बल बाँकी छँदै हराएको हो।
वर्षाले प्रभावित खेलमा पाकिस्तानले ३७ ओभरमा १७१ रन बनाएको थियो।पाकिस्तानका लागि हसन नवाज (३६) र हुसेन तलत (३१) ले केही योगदान दिएका थिए।
वेस्ट इन्डिजका बलर जेडेन सील्सले सर्वाधिक ३ विकेट लिए भने रोस्टन चेजले १ विकेट लिएका थिए।
जवाफमा, वेस्ट इन्डिजले डिएलएस प्रणालीअनुसार १८१ रनको लक्ष्य पाएको थियो। ओपनर रोस्टन चेजले ४९ रनको महत्वपूर्ण पारी खेले। यस्तै, शेर्फेन रदरफोर्डले ४५ र शाई होपले ३२ रन बनाए।
पाकिस्तानका मोहम्मद नवाज र हसन अलीले समान २-२ विकेट लिएका थिए। यो जितसँगै तीन खेलको एकदिवसीय श्रृंखला १-१ को बराबरीमा पुगेको छ।