काठमाडाैं । क्लब मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलका बाबजुत साउदी अरेबियाको क्लब अल-नासर स्पेनिस क्लब अल्मेरियासँग ३-२ गोलले पराजित भएको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा अल्मेरियाका लागि सर्जियो अरिबासले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए। रोनाल्डोले १७ औं र ३९ औं मिनेटमा गोल गर्दै अल-नासरलाई अग्रता दिलाएका थिए।
तर, अल्मेरियाका एड्री एम्बार्बाले खेलको ४३ औं र ८१ औं मिनेटमा गोल गर्दै टोलीलाई ३-२ को जित दिलाएका हुन् ।