काठमाडौं । मेजर लिग सकरअन्तर्गतको एक महत्त्वपूर्ण खेलमा ओर्लान्डो सिटीले इन्टर मियामीलाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
ओर्लान्डो सिटीको घरेलु मैदानमा भएको यस खेलमा ओर्लान्डोका लागि लुइस मुरिएलले दुई गोल गरे भने मार्टिन ओजेडा र मार्को पासालिकले एक-एक गोल थपे। इन्टर मियामीका लागि भने एक मात्र सान्त्वना गोल यानिक ब्राइटले गरेका थिए।
खेलको सुरुदेखि नै आक्रामक देखिएको ओर्लान्डो सिटीले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। लुइस मुरिएलले गरेको उक्त गोलले टिमलाई बलियो स्थितिमा पुर्यायो। तर, इन्टर मियामीका यानिक ब्राइटले पाँचौँ मिनेटमा नै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुवातमै, खेलको ५० औँ मिनेटमा मुरिएलले आफ्नो दोस्रो र टिमको लागि दोस्रो गोल गर्दै ओर्लान्डोलाई पुनः अग्रता दिलाए। त्यसपछि ओर्लान्डोले लगातार गोल गर्दै आफ्नो जित सुनिश्चित गर्यो। खेलको ५८ औँ मिनेटमा मार्टिन ओजेडाले गोल गर्दै टिमको अग्रतालाई ३-१ मा पुर्याए।
खेलको अन्त्यतिर, ८८औँ मिनेटमा मार्को पासालिकले गोल गरेपछि ओर्लान्डोको ४-१ को जित पक्का भयो।