News Summary
Generated by OK AI. Editorially reviewed.
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
भेटवार्तामा देशको राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सबैले कमजोरीका लागि आत्मालोचना गरी एकताबद्ध भूमिका लिनुपर्ने विषयमा पनि छलफल भएको छ।
२६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्रीद्वयको श्रेष्ठ र यादवको भेटवार्ता आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको हो ।
उक्त भेटवार्तामा अहिलेको देशको राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
‘संघर्षशील शक्तिहरुले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने बारेमा छलफल भयो,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
सबैले आ–आफ्ना कमजोरीका निम्ति आत्मालोचना गर्दै अहिलेको सन्दर्भमा एकताबद्ध भूमिकाको दिशामा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेबारे पनि भेटमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।












