सिन्धुलीमा सम्पर्कविहीन भएकी महिलाको शव ‌जंगलमा भेटियो

साउन २६, २०८२
high res image by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सिन्धुलीको घ्याङ्लेक गाउँपालिका-२ नाङ्गे डाँडाको जंगलमा ४० वर्षकी महिलाको शव फेला परेको छ।
मृतक सन्चमाया वाइबा लामा रहेको प्रहरीले पुष्टि गरेको छ।
शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको छ।

२६ साउन, काभ्रेपलाञ्चोक । सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका-२ सातदोबाटोस्थित नाङ्गे डाँडाको जंगलमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको छ ।

मृतक घ्याङ्लेक गाउँपालिका–२, चन्दनपुर निवासी सन्चमाया वाइबा लामा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सन्चमाया वाइबा लामा साउन ११ गते हराएको भनी परिवारजनले  साउन १५ मा ईलाका प्रहरी कार्यालय वस्तिपुरमा निवेदन दिएका थिए ।

त्यसपछि प्रहरीले खोजतलास जारी राखेको थियो । शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published.