गीतकार नारायण खतिवडाको नयाँ गीत ‘मौनतामा पुरूष पनि कति रोएका होलान्’ सार्वजनिक [भिडियो] -वाइरिबल

साउन २६, २०८२
WhatsApp Image 2025 08 11 at 13.19.41 by Ditible

काठमाडौं । गीतकार नारायण खतिवडाको ‘मौनतामा पुरूष पनि कति रोएका होलान्’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

खतिवडाको शब्द रचना, प्रवीण भेडवालको स्वर रहेको गीतमा शिलाबहादुर मोक्तानले सङ्गीत भरेका छन् । उक्त गीतको मिक्सिङ्ग तथा मास्टरिङ क्रमशः मनोज स्याङ्सोन राई तथा सुरेश राईले गरेका हुन् । सो गीत स्टुडियो किङ्गमा रेकर्ड गरिएको हो ।

नेपाली समाजमा एउटा सोच छ, “छोरा मान्छे भएर रूनु हुँदैन।” त्यसैले पनि हाेला, पुरूषका पीडाहरू प्राय: बाहिर आउँदैनन्। उनीहरूमा पनि पीडा हुन्छन् तर प्रायःले लुकाउँछन्, बाहिर ल्याउँदैनन्, भित्रभित्रै गुम्स्याएर राख्छन् । साच्चै भन्नुपर्दा छोरा मान्छे रुने भनेकै एकान्तमा स्थानमा बन्न पुगेको अवस्था छ । यस विषयमा गीतले गहिरो सन्देश दिएको छ कि पुरूषले आँसु झार्ने ठाउँसम्म हुँदैन, तर आँसु त झरिरहेको हुन्छ – कि त मनभित्र कित एकान्तमा !

समाजमा बढदै गएको देखासिकी, प्रविधिको सही सदुपयोग नहुनु र एकाङ्गी सोचले बनेका कतिपय कानूनले गर्दा पनि यस्तो अवस्था बढ्दै गएको विभिन्न तथ्यहरूले देखाएका छन् । आजभोलि धेरै पुरुषहरू पीडित हुँदै गएको अवस्था छ । यस्तो अवस्था भूषको आगो झैं समाजमा भित्रभित्रै सल्कँदै गएको छ, यस्तो अवस्थालाई समयमै सम्बोधन गरिएन भने कुनै दिन बिस्फोट हुने खतरा पनि बढ्दै गएको छ ।

उनीहरूको आवाज सुन्ने र राख्ने सम्बन्धमा स्पष्ट निकाय तोकिएको छैन । प्रहरी तथा अन्य निकायमा महिला, बालबालिका तथा ज्येठ नागरिक हेर्ने छुटै निकाय छन् । तर पुरुषका लागि भनेर नतोकिएका हुँदा पुरूषहरू प्राय: जानै चाहँदैनन् । पुरूषहरू प्रताडित भएका धेरै घटनाहरू छन् त्यसको कारणमा बिषयवस्तुलाई हल्का रूपमा लिईनु, असमानयुक्त कानूनी प्रावधान तथा सस्थागत सयन्त्रको अभाव हुन् यसतर्फ कानून निर्माता तथा कार्यान्वयन निकाय र कानूनी उपचारको प्रावधानमा सुधार र परिमार्जन आवश्यक देखिन्छ ।

गीतमा भनिएझैं कानूनको पालना हुँदैमा सधैं न्याय हुन्छ भन्ने निश्चित पनि हुँदैन । वास्तवमा गीतले भनेजस्तै आजभोलि कतिपय ब्यक्तिले कानूनको दुरूप्रयोग गरी स्वार्थ पूरा गर्नेतर्फ बढ्दै गएको अवस्था रहेको हुँदा कानूनहरूको समीक्षा गर्नुपर्ने बेला आएको छ ।

खतिवडाले आफैंले निर्देशन गरेकाे गीतको भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल, गणेशकुमार ढकालको अभिनय रहेको छ । भिडियो सम्पादन भने विकास धमलाको रहेको छ । नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक गरिएकाे भिडियोले छाेटाे समयमै राम्राे प्रतिक्रिया पाइरहेकाे छ ।

खतिवडाका यसभन्दा अगाडि पनि थुप्रै गीतहरू र पुस्तक समेत सार्वजनिक भएका छन् ।

Leave a Reply

Your email address will not be published.