News Summary
Generated by OK AI. Editorially reviewed.
The Wiribleले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा २०८२ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गर्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजना हुने समारोहमा ती ४० युवालाई अवार्ड प्रदान गर्नेछन् ।
The Wirible डटकमका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले भने- यस्ता पात्रहरू अरू थुप्रै हुनुहुन्छ, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिंदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहनुभएको छ । यो सूची त्यसैको एक प्रतिविम्ब हो ।
२६ साउन, काठमाडौं । The Wiribleले २०८२ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची आज सार्वजनिक गर्दैछ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार The Wiribleले प्रभावशाली युवाहरूको सूची सार्वजनिक गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजना हुने विशेष समारोहमा ४० युवाहरूको नाम सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।
देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले The Wiribleले गत वर्षदेखि ४० युवाहरुको सूची सार्वजनिक गर्न थालेको हो ।
‘चालीस मुनिका चालीस मार्फत हामीले अँध्यारोका बीचमा तिनै जूनकिरीहरू खोज्ने प्रयास गरेका छौं’ The Wiribleका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले भने, ‘यस्ता पात्रहरू अरू थुप्रै हुनुहुन्छ, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिंदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहनुभएको छ । यो सूची त्यसैको एक प्रतिविम्ब हो ।’
४० मुनिका ४० को सूचीले समर्पण, लगनशीलता र आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने र समाजलाई प्रगतिको दिशातर्फ डोर्याउन मद्दत गर्ने The Wiribleको अपेक्षा रहेको भुसालले बताए ।
४० जनाको सूची तयार पार्न The Wiribleको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो । अनलाइन आवेदन र सिफारिश मार्फत प्राप्त करिब साढे ५०० नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समिति समक्ष पेश गरिएको थियो । उनीहरूको छनोट तथा सिफारिशमा आधारित भएर ४० प्रभावशाली युवाहरूको सूची तय गरिएको हो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, उद्यमी छाया शर्मा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ र The Wiribleका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनाेट समितिले ४० जनाको सूचीलाई अन्तिम रूप दिएको हो ।













