काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु – Online Khabar

साउन २७, २०८२
dead body child by Ditible

२७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१७ पुरानो ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा ६२ वर्षीय दिलकुमार पुजारी छन् । गएराति करेन्ट लागेर उनको मृत्यु भएको हो ।

पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि वीर अस्वताल लगिएको अस्पतालमै उनको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.