हुलाकी सडकबारे सरकारलाई रुलिङ नगरे सभामुखकै अगाडि अनशन बस्ने अमनलाल मोदीको चेतावनी

साउन २७, २०८२
aman lali modi by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक निर्माणमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन्।
सांसद मोदीले प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै रुलिङ नहुँदा सभामुख अगाडि अनशन बस्ने चेतावनी दिएका छन्।
हुलाकी सडक कठरीमा १० वर्ष बितिसक्दा पनि निर्माण नहुँदा स्थानीय जनताले धान रोपाइँ गर्दै आएको सांसद मोदीले उल्लेख गरेका छन्।

२७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई रुलिङ नगरे सभामुखको अगाडि अनशन बस्ने चेतावनी दिए ।

‘हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन । त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइ चलिरहेको छ । यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्‍यो’ सांसद मोदीले भने, ‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु । जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु ।’

Leave a Reply

Your email address will not be published.