कांग्रेस सांसद केसी – Online Khabar

साउन २७, २०८२
Arjunnarasingh kc samsad by Ditible

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार स्थानान्तरणबारे चासो राखेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले लामिछानेको कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै नभएर नबुझिँदो विषय भएको बताए ।

‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर, राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्ति अदालतद्धारा कारागार स्थानान्तरणको आदेश दिँदा दिँदै पनि कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै होइन, नबुझिदो कुरा भएको छ,’ उनले भने ।

लामिछाने हाल रुपन्देही जिल्ला कारागारमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.