मुकुल ढकालको रिट सर्वोच्चबाट खारेज – Online Khabar

साउन २७, २०८२
Mukul Dhakal mahamantri RSP 3 by Ditible

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो ।

निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।

ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपा पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published.