नुहाउन गएका एक जना तामाकोशी नदीमा बेपत्ता – Online Khabar

साउन २७, २०८२
Bepatta by Ditible

२७ साउन, काभ्रपलाञ्चोक । रामेछापको मन्थली नगरपालिका वडा नं ७ का ७६ वर्षीय श्रीवंश कडेल तामाकोशी नदिमा बेपत्ता भएका छन् ।

मंगलबार बिहान ११ बजे घरबाट निस्किएका कडेल तामाकोशी नदिमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए ।

उनका अनुसार स्थानीय ठेडिखोला दोभानको ढिकुरीमा तामाकोशी नदी किनारामा कडेलले लगाएको कपडा, चच्पल र लौरो भेटिएको छ ।

स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी मार्फत उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

काठमाडौं बस्दै आएका कँडेल सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गर्न आइतबार मात्र मन्थली नगरपालिका वडा नं ७ मुगिटार रहेको घरमा आएका थिए ।

Leave a Reply

Your email address will not be published.