उपेन्द्र यादव – Online Khabar

साउन २७, २०८२
upendra yadav samsad by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन्।
उपेन्द्र यादवले संघीय संसदको संसदीय सुनुवाइ समितिले संवैधानिक नियुक्तिमा समावेशितालाई ख्याल गर्न सुझाएको तर कार्यान्वयन हुन नसकेको असन्तुष्टि जनाएका छन्।
उनीहरूले न्यायाधीश नियुक्ति, राजदूतहरू र संवैधानिक अन्य नियुक्तिमा एकै जातको वर्चस्व रहेको उल्लेख गर्दै समावेशीता र सामाजिक न्यायको आधारमा नियुक्ति हुनुपर्ने बताएका छन्।

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् ।

संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको मर्म अनुसार समावेशिता सिद्धान्तको समेत कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संघीय संसदको संसदीय सुनुवाइ समितिले संवैधानिक नियुक्तिमा समावेशितालाई ख्याल गर्न सुझाउँदै आएको स्मरण गरे । तर, कार्यान्वयन हुन नसकेको भनेर असन्तुष्टि जनाए ।

विश्व विद्यालयहरूमा हुने नियुक्तिमा समेत भागबण्डा हुने गरेको उल्लेख गर्दै उनले भने, ‘कहीँ दुनियामा नभएको राजनीतिक भागबण्डा नेपालमा विभेद हुनु नौलो होइन ।’

समावेशीता र सामाजिक न्यायको कोणबाट नियुक्तिहरू हुनुपर्ने उनको आग्रह छ । न्यायाधीश नियुक्ति, राजदूतहरू, संवैधानिक अन्य नियुक्ति हेर्दा एकै जातको वर्चस्व रहेको पाउन सकिने उनले बताए ।

नेपाल बहुभाषिक मुलुक भएकाले यसअनुसारको नीति र व्यवहार प्रदर्शन हुनुपर्ने र राजनीतिक भागबण्डाको आधारमा अवसर प्रदान गर्ने कार्य हुन नहुने उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published.