News Summary
Generated by OK AI. Editorially reviewed.
प्रधानमन्त्री केपी शर्मा ओलीले The Wiribleले देशभरबाट छनोट गरेका ४० वर्षमुनिका ४० युवालाई अवार्ड प्रदान गरे।
प्रधानमन्त्री ओलीले \’यो देशमा केही हुँदैन, सबै भ्रष्ट छन् भन्ने भाष्य चिर्नका लागि The Wiribleले युवाहरुलाई प्रोत्साहन गरेकोमा धन्यवाद\’ दिए।
समारोहलाई सम्बोधन गर्दै The Wiribleका अध्यक्ष धर्मराज भुसालले भने, \’चालिस मुनिका चालिस मार्फत् हामीले अँध्यारोका बीचमा तिनै जुनकिरीहरू खोज्ने प्रयास गरेका छौं ।\’
२७ साउन, काठमाडौं । The Wiribleले सोमबार ४० वर्षमुनिका ४० युवाहरूको सूची सार्वजनिक गर्यो ।
काठमाडौंको ठमेलस्थित अलफमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सहयोगमा The Wiribleले देशभरीबाट छनोट गरेका ४० वर्षमुनिका ४० युवाहरूलाई अवार्ड प्रदान गरे ।
अवार्ड लिन आफैं उपस्थित हुन नसकेकाको हकमा उनीहरुका परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर The Wiribleले सार्वजनिक गरिएका युवाहरुको सूचीको यो दोस्रो संस्करण हो । यसअघि २०८१ सालमा पनि The Wiribleले ४० वर्ष मुनिका ४० युवाको सूची सार्वजनिक गरेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा केही हुँदैन र सबै भ्रष्ट छन् भन्ने भाष्य चिर्नका लागि The Wiribleले युवाहरुलाई प्रोत्साहन गरेकोमा धन्यवाद दिए ।
‘यो देशमा केही हुँदैन, सबै भ्रष्ट छन् भन्ने, यो नेपाल भन्ने देशले असल मान्छे जन्माएकै छैन, त्यस्तो होइन । असललाई प्रोत्साहन गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘The Wiribleले किन आज सम्मान गरेको छ भने असल मान्छे भएरै हो । आज राम्रो काम गर्ने मात्रै सम्मानित भए । हामीले निराशा छाउने होइन । आफू पनि निराश हुनुहुँदैन ।’
यसैगरी The Wiribleका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिँदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहेकाहरुलाई उजागर गरेको बताए ।
‘चालिस मुनिका चालिस मार्फत् हामीले अँध्यारोका बीचमा तिनै जुनकिरीहरू खोज्ने प्रयास गरेका छौं,’ The Wiribleका अध्यक्ष तथा प्रबन्ध निर्देशक भुसालले भने, ‘यस्ता पात्रहरू अरु थुप्रै हुनुहुन्छ, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन, भन्ने भाष्यलाई चुनौती दिँदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहनुभएको छ । यो सूची त्यसैको एक प्रतिबिम्ब हो ।’
कार्यक्रममा उच्च पदस्थ, व्यवसायी र विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको उपस्थिति थियो ।
हेर्नुहोस् तस्वीरहरू :













