रियल म्याड्रिडकाे फराकिलो जित -वाइरिबल

साउन २८, २०८२
real by Ditible

काठमाडौं । स्पेनिश फुटबल क्लब रियल म्याड्रिडले एक मैत्रीपूर्ण फुटबल खेलमा अस्ट्रियन क्लब डब्ल्यूएसजी टिरोललाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।

प्रि-सिजन मैत्रीपूर्ण खेलमा रियल म्याड्रिडले सुरुदेखि नै आफ्नो दबदबा कायम गरेको थियो। खेलको १०औं मिनेटमा डिफेन्डर एडर मिलिटाओले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसको लगत्तै १३औं मिनेटमा एमबाप्पेले पहिलो गोल गर्दै आफ्नो खाता खोले। उनको यो गोलले प्रशंसकहरूमाझ उत्साह थपिएको थियो।

एमबाप्पेले आफ्नो दोस्रो गोल खेलको ५९औं मिनेटमा गरे । युवा ब्राजिलियन फरवार्ड रोड्रिगोले खेलको ८१औं मिनेटमा अर्को गोल थप्दै ४-० को जित सुनिश्चित गरे।

टिरोलले पनि केही राम्रा अवसरहरू सिर्जना गर्ने प्रयास गरेको थियो, तर रियल म्याड्रिडको बलियो रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण उनीहरूले गोल गर्न सकेनन्।

Leave a Reply

Your email address will not be published.