जिबी राईलाई कहाँ लुकाइएको छ ? – Online Khabar

साउन २८, २०८२
ashok chaudhary by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ।
रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकसँग जिबी राई कहाँ लुकाइएको छ भनेर जवाफ मागेका छन्।
सांसद चौधरीले गिरिबन्धु टिइस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि गृहमन्त्री लेखकलाई प्रश्न गरेका छन्।

२८ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागे ।

‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी (जिबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’

सांसद चौधरीले गिरिबन्धु टिइस्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरे ।

‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा को बयान कहाँ पुग्यो ?’

Leave a Reply

Your email address will not be published.