घरको सेफ्टिक ट्यांकीमा मृत भेटिए पेटी ठेकेदार र कामदार

साउन २८, २०८२
dead man sketch by Ditible

प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.

सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा नयाँ घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव फेला परेको छ।
शव फेला परेका श्यामबहादुर तामाङ घर बनाउने पेटी ठेकेदार र रमेश राई कामदार हुन्।
सुनसरी प्रहरीले फरेन्सिक विज्ञसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले जानकारी दिए।

२८ साउन, विराटनगर । सुनसरीको दुहबीमा नयाँ बन्दै गरेको घरको सेफ्टिक ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ ।

दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टिक ट्यांकीभित्र बुधबार बिहान १० बजे दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हाे ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् ।

शव भेटिएपछि घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेकाे डीएसपी खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.