विराटनगरको बालसुधार गृहमा झडप, एकजना प्रहरी घाइते

साउन २८, २०८२
Balsudhar griha by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको छ।
झडपमा एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएका छन् र थप प्रहरी परिचालन गरिएको छ।
बालसुधार गृहमा २४९ जना बालकहरू छन् र मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ।

२८ साउन, विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो।

झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।

सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ ।

सुधार गृहमा २४९ जना बालकहरू छन् ।

Leave a Reply

Your email address will not be published.