News Summary
Generated by OK AI. Editorially reviewed.
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए।
अध्यक्ष लिङ्देनको निर्देशनपछि असन्तुष्ट पक्षले नयाँ २८ सदस्यीय समिति ज्योति लामाको अध्यक्षतामा गठन गरेको छ।
असन्तुष्ट पक्षले निर्वाचन समिति गठनप्रति प्रश्न उठाउँदै अधिवेशनमा हो-हल्ला गरेको थियो।
२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न दिएको निर्देशनलाई असन्तुष्ट पक्षले अस्वीकार गरेको छ ।
काठमाडौंको चाबहिलमा बुधबार बोलाइएको सम्मेलनम दुई पक्षको विवाद भएको थियो ।
अधिवेशनमा हो-हल्ला भएपछि पार्टी अध्यक्ष लिङ्देनले स्थगित गर्न निर्देशन दिएका थिए ।
अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिए लगत्तै असन्तुष्ट पक्षले नयाँ समिति गठन गरेको छ ।
ज्योति लामाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको घोषणा गरिएको छ ।
तीन सदस्यपछि थप गर्ने गरी २५ जनाको समिति सार्वजनिक गरिएको छ । अध्यक्ष बाहेकका अन्यलाई सदस्यको जिम्मेवारी दिइएको छ ।
असन्तुष्ट पक्षले निर्वाचन समिति गठनप्रति प्रश्न उठाउँदै हो-हल्ला गरेको थियो ।