धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी

साउन २८, २०८२
goli prahar laghu ausadh by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

धनुषामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पप्पु साह र एक महिला छन् र उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ।
पप्पुको दाहिने खुट्टामा गोली लागेको र मिथिला नगरपालिका–२ मा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

२८ साउन, काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले बतायो ।

मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.