अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने

साउन २८, २०८२
ashok rai rajendra mahato joint pic by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता हुने भएको छ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले दुई पार्टीबीच एकता हुने र एकतान्मुख कार्यगत एकता घोषणा गर्न लागिएको जानकारी गराए।
जसपा नेपालबाट पार्टी विभाजन गरेर जसपा गठन गरेका राईको दल मधेस केन्द्रीत मोर्चामा छैन भने राष्ट्रिय मुक्ति पार्टी संघीय लोकतान्त्रिक मोर्चामा सहभागी छ।

२८ साउन, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी  वीचमा एकताउन्मुख कार्यगत एकता हुने भएको छ ।

कार्यगत एकताको घोषणा बिहीबार कार्यक्रम गरिने भएको छ । राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले पार्टी एकता गर्ने गरी एकताउन्मुख सहकार्य गर्न लागेको जानकारी गराए । ‘दुई पार्टीबीच एकता हुन्छ । अहिले एकतान्मुख कार्यगत एकता घोषणा गर्न लागेका हौं ।’

राईले जसपा नेपालबाट पार्टी विभाजन गरेर जसपा गठन गरेका थिए । राईको नेतृत्वको दल जसपा मधेस केन्द्रीत सात दलको मोर्चामा सहभागी छैन । राष्ट्रिय मुक्ति पार्टी भने संघीय लोकतान्त्रिक मोर्चामा सहभागी छ ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद छन् । राष्ट्रिय मुक्ति पार्टी भने सदनमा छैन ।

Leave a Reply

Your email address will not be published.