रास्वपामा दीपक बोहराको सह-कोषाध्यक्ष पद गुम्यो, अब केन्द्रीय सदस्य मात्रै

साउन २८, २०८२
dipak bohora rsp by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

राष्ट्रिय स्वतन्त्र पार्टीले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरेको छ।
पार्टीले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको विवरण निर्वाचन आयोगमा अध्यावधिक गर्न निवेदन दिएको थियो।
निर्वाचन आयोगले बुधबार नयाँ सूची कायम गर्दै बोहरालाई केन्द्रीय सदस्य कायम गरेको उल्लेख छ।

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।

आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ ।

रास्वपाको कोषाध्यक्षमा लिमा अधिकारी र सह-कोषाध्यक्षमा बसुमाया तामाङ छिन् । पार्टीमा एक जना मात्रै कोषाध्यक्ष राख्ने केन्द्री समितिको निर्णय अनुसार बोहरालाई कोषाध्यक्षबाट हटाइएको रास्वपाका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published.