पाठ्यक्रमले सच्यायो ‘यसपालि त मनै फाट्यो’ गीतका रचनाकारबारेको त्रुटि

साउन २८, २०८२
rajendra thapa by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा रहेको गीत ‘यसपालि त मनै फाट्यो’ को रचनाकार नामको त्रुटी सच्याएको छ।
केन्द्रले बुधबार सूचना जारी गर्दै उक्त गीतको रचनाकार अम्बर गुरुङ नभई राजेन्द्र थापा भएको बताएको छ।
सच्याइअनुसार शिक्षण-सिकाइ क्रियाकलाप गर्न सम्पूर्ण शिक्षण संस्थालाई आग्रह गरिएको छ।

काठमाडौं । सामाजिक संजालको तीव्र विरोधपछि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा रहेको गीतसम्बन्धी एक त्रुटी सच्चाएको छ ।

कालजयी गीत ‘यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने’ गीतको रचनाकारको नाममा रहेको त्रुटी सच्याइएको हो । बुधबार एक सूचना जारी गर्दै केन्द्रले सो गीतका रचनाकार अम्बर गुरुङ नभई राजेन्द्र थापा भएको बताएको हो ।

सच्याइएअनुसारकै विवरणका आधारमा शिक्षण-सिकाइ क्रियाकलाप गर्न/गराउनसमेत केन्द्रले सम्पूर्ण शिक्षण संस्थाहरूलाई आग्रह गरेको छ ।

कक्षा ९ को अनिवार्य नेपाली विषयअन्तर्गत पाठ ५ को पृष्ठ ५४ मा रहेको ‘बोध र अभिव्यक्ति’ खण्डको अभ्यास १३ मा उक्त गीतको रचनाकार अम्बर गुरुङ भनेर उल्लेख थियो ।

यसअघि पाठ्यपुस्तकमा सोही गलत विवरणका आधारमा पठनपाठन हुँदै आएको थियो । सामाजिक संजालमा यो त्रुटीको लामो समयदेखि विरोध हुँदै आएको थियो ।

रेडियो नेपालले उक्त गीत रेडियो नेपालमै रेकर्ड भएको र रचनाकार राजेन्द्र थापा, सङ्गीतकार अम्बर गुरुङ र गायिका अरुणा लामा रहेको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published.