एन्फा र अध्यक्ष नेम्वाङविरुद्धको रिट खारेज – Online Khabar

साउन २८, २०८२
FIFA FFS 7 Pankaj Bikram ANFA by Ditible

२८ साउन, काठमाडौं । उच्च अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध दर्ता गरेको रिट खारेज गरेको छ ।

गणेश थापाले एन्फा र अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्ध अदालतको अवहेलना भन्दै दर्ता गरेको रिटमा दाबी नपुग्ने भन्दै खारेज भएको छ ।

थापाले एन्फाको साधारण सभाको वैधानिकता र आफ्नो सहभागिताको दाबी गर्दै १९ वैशाखमा रिट दायर गरेका थिए ।

यसैगरी गौरवले पनि २३ वैशाखमा साधारण सभामा सहभागिताको विषय तथा २ जेठमा अदालतको अवहेलना सम्बन्धमा नेम्वाङलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।

२६ वैशाखामा  काभ्रेको धुलिखेलमा भएको साधारण सभामा अध्यक्ष थापाले फिफाको १० वर्षको प्रतिबन्धको समय सकिएका कारण प्रवेश पाउनु पर्ने आवाज उठाए पनि एन्फाले प्रक्रिया नपुगेको भन्दै उनीहरू दुवैलाई प्रवेश दिएको थिएन ।

Leave a Reply

Your email address will not be published.