ऊर्जामन्त्री खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट

साउन २८, २०८२
dipak khadka mcc vice president by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गरेका छन्।
मन्त्री खड्काले एमसिसी परियोजनाले उच्च गुणस्तरको प्रसारणलाइन निर्माण गर्ने र ऊर्जा विकास लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।
एमसिसीका सहायक उपाध्यक्ष विङ्गलले कार्यान्वयनमा जग्गा र वनसम्बन्धी समस्या सहजीकरण गर्न आग्रह गरेका थिए।

२८ साउन, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गरेका छन् ।

आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गरे । उनले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गरे ।

मन्त्री खड्काले एमसिसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन निर्माण हुने र नेपालले ऊर्जा विकासमा राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।

एमसिसी परियोजना कार्यान्वयनका लागि द्विपक्षीयसम्बन्ध सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने मन्त्री खड्काले बताए ।

एमसिसीका सहायक उपाध्यक्ष विङ्गलले एमसिसी परियोजनाको कार्यान्वयनका बारेमा जग्गा प्राप्ति, वनलगायतको समस्या सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

भेटमा ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.