एमाले कोशीले बनायो सुझाव संकलन कार्यदल – Online Khabar

साउन २८, २०८२
Rajkumar bhandari by Ditible

नेकपा एमाले प्रदेश सचिव राजकुमार भण्डारी ।

२८ साउन, धनकुटा । नेकपा एमाले कोशीले विधान महाधिवेशनका निम्ति सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

धनकुटामा सम्पन्न प्रदेश बैठकबाट प्रदेश सचिव राजकुमार भण्डारीको संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन भएको हो । ‘यो कार्यदलले १४ वटै जिल्लाबाट आएको सुझावलाई संकलन गरेर पार्टी केन्द्रमा पठाउनेछ’, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने ।

२०–२२ भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव अपानि–१२ मार्फत् मातहतका कमिटीमा एमालेले पठाएको छ । उक्त अपानिका समावेश अन्तर्वस्तु र अरु सुझावलाई संकलन गर्न एमालेका कमिटीहरु सक्रिय बनेका छन् ।

जसअन्तर्गत धनकुटामा प्रदेश कमिटी बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published.