चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश – Online Khabar

साउन २८, २०८२
chakre milan by Ditible

२८ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।

चक्रेसँग रोजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ । अन्य १७ जनाको हकमा भने १० र २० हजारको दरले धरौटी तोकिएको छ ।

त्यस्तै, तीन जनालाई लाई २० हजार धरौटीमा छाड्न आदेश भएको छ । अन्य १४ जनालाई १० हजार धरौटीमा छाड्न आदेश जारी भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरूसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।

आदेशपछि उनीहरू धरौटी बुझाएर निस्कने प्रक्रियामा लागेका छन् ।

Leave a Reply

Your email address will not be published.