‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आयोजना हुने, विजेतालाई १ लाख नगद पुरस्कार -वाइरिबल

साउन २९, २०८२
Clip0108T01 by Ditible

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटाको आयोजनामा ‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’ हुने भएको छ ।

पहिलोपटक आयोजना गरिएको यो टुर्नामेन्ट अमेरिकाको वेबस्टर युनिभर्सिटी र अविला युनिभर्सिटी (क्यान्सस सिटी)को एसोसिएसन पार्टनरसीपमा सुरु गरिएको हो । धुम्बाराहीस्थित सूर्य फुटसलमा १९ र २० अगस्टमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ भन्दा बढी कलेजहरुको सहभागिता रहेको छ ।

आयोजकका अनुसार यो प्रतियोगिता पूर्णतः निःशुल्क हो । यस प्रतियोगितामा सहभागी टोलीमध्ये विजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीलाई नगदसहित सम्मान गरिनेछ । यो टुर्नामेन्टको उद्देश्य शिक्षा मात्र होइन, खेलकुदमा पनि विद्यार्थीहरुको सक्रिय सहभागिता गराएर प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु रहेको अल्फा बिटाका मार्केटिङ म्यानेजर सौरभ तिमिल्सिनाले बताए ।

‘‘यो खेलकुद राख्नुको उद्देश्य भनेको अल्फा बिटाले एउटा शिक्षाको दृष्टिकोणले मात्र नभईकन खेलकुदको दृष्टिकोणमा पनि स्कुल र कलेजहरुलाई सहभागिता गराएर एउटा वार्षिक फुटसल टुर्नामेन्ट सुरु गरौँ भन्ने हो,’’ उनले भने ।

आगामी दिनमा केवल फुटसलमा सीमित नरहेर विभिन्न आट्र्स, क्विज लगायतका टुर्नामेन्टहरू पनि स्कुल तथा ब्याचलर्स लेभलमा आयोजना गर्ने अल्फाबिटाले योजना बनाएको छ । २० अगस्टमा टुर्नामेन्टको फाइनल खेल हुनेछ । अहिले १६ कलेज सहभागी भएपनि आयोजक टोलीको लक्ष्य आगामी वर्षमा यो संख्या बढाउँदै ३२, त्यसपछि ६४ टोली सम्म पु-याउने र यसलाई देशव्यापी प्रतियोगिता बनाउने रहेको छ ।

छोटो समयको योजनामा बनाइएका कारण केही सिमितता भए पनि भविष्यमा यो इभेन्टलाई सार्वजनिक रुपमा अझै ठूलो बनाउने सोच राखिएको आयोजकको भनाइ छ । र भविष्यमा यसलाई ओपन टु पब्लिक बनाउने सोच रहेको तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published.