टप एन्ड टी–२० सिरिजमा पाकिस्तान शाहिन्सकाे शानदार जित -वाइरिबल

साउन ३०, २०८२
pak 3 by Ditible

काठमाडाैं । अस्ट्रेलियाको उत्तरी सहर डार्विनमा जारी टप एन्ड टी–२० सिरिजकाे उद्घाटन खेलमा पाकिस्तान शाहिन्सले सानदार जित दर्ता गरेकाे छ ।

पाकिस्तान शाहिन्सले बंगलादेश ‘ए’ लाई ७९ रनले पराजित गरेकाे हाे । म्यान अफ द म्याच यासर खानको विस्फोटक ब्याटिङको मद्दतले पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२७ रन को विशाल योगफल तयार पारेको थियो।

यासर खानले आक्रामक ब्याटिङ गर्दै मात्र ४० बलमा ६२ रन बनाएका थिए । यासरलाई ख्वाजा नाफेले राम्रो साथ दिँदै ३१ बलमा ६१ रन बनाएका थिए।

बंगलादेशका बलरहरुले पाकिस्तानका ब्याट्सम्यानलाई रोक्न सकेनन्।

बंगलादेश ‘ए’ को सुरुवात राम्रो हुन सकेन । यद्यपि, सैफ हसनले ३२ बलमा ५७ रनको जुझारु पारी खेले पनि, टोलीले नियमित अन्तरालमा विकेट गुमायो र १६.५ ओभरमा १४८ रन मा अलआउट भयो।

यता पाकिस्तानका बलरहरुको उत्कृष्ट प्रदर्शन रह्यो, जसमा फैसल अकरम र साद मसूदले समान ३-३ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published.