एनटीएसले नेपाललाई दियाे १७८ रनको लक्ष्य -वाइरिबल

साउन ३०, २०८२
532993223 1214363227386722 6161265169078726428 n by Ditible

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइक (एनटीएस)ले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको एनटीएसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो। एनटीएसको लागि कप्तान शर्टले ३४ बलमा ७ चौका र एक छक्का मदतमा सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले।

टम एन्ड्रिज ३२ रनमा अविजित रहे ।

नेपालका लागि बलिङमा सन्दीपले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए।

Leave a Reply

Your email address will not be published.