काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी-२० सिरिजमा अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ ।
अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ जारी खेलमा १७८ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरमा ४ विकेट गुमाएर ६० रन जोडेको हो । कप्तान रोहितकुमार पौडेल पनि २१ बलमा २३ रन जोडेर आउट भए ।













