प्रधानमन्त्री ओली – Online Khabar

साउन ३०, २०८२
KP Sharma Oli madhesh pradesh by Ditible

३० साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवादको बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भर्खरै जनकपुरमा बार एसोसिएसनले पत्रकार महासंघ मधेश प्रदेशको जग्गा कब्जा गर्न खोज्दा उत्पन्न विवाद प्रसंगलाई लक्षित गर्दै यस्तो बताएका हुन्।

उनले भने ‘कानुन संवादबाट हुने कुरा जोर-जबरजस्ती गर्न खोज्ने काम हुनु हुँदैन।’ उनले विगतमा देखिएका यस्ता गतिविधि न दोहोर्‍याउन आग्रह गरे ।

२१ करोडमा सम्पन्न भवन निर्माणमा सहयोग पुर्‍याएको मधेश प्रदेश सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई ‘जनतालाई प्रारम्भिक सेवा र न्याय दिने’ संस्था बनाउने विश्वास व्यक्त गरे । उनले सुशासनका दुई पाटा-भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउनेमा सरकार कटिबद्ध रहेको बताए ।

मधेशमा अन्य प्रदेशको तुलनामा बढी मात्रामा लागूऔषध (ड्रग्स) भित्रिने र बालबालिका तथा युवाहरू कुलतमा फस्ने अवस्था गम्भीर भएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले राजस्व उठ्नुपर्ने तर उठिरहेको छैन भन्ने समस्यामा धेरै छिद्र रहेको उल्लेख गर्दै खास लागूऔषध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने र खुला सिमानाको नाजायज फाइदा उठाउनेहरूलाई रोक्नुपर्नेमा जोड दिए ।

मधेशमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने गतिविधि भइरहेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

राजनीतिक प्रसंगमा उनले संघर्षबाट आएका नेताहरूको देशप्रतिको योगदान र माया हुने तर ‘नयाँ शक्ति, भवितव्यंले खुलेका पार्टी’ का नेताहरूको योगदान शून्य रहेको टिप्पणी गरे। ‘जसको आफ्नो योगदान छैन, ऊ सदनमा आएर भत्ता पकाउने मात्र गर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.