पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक भन्ने शब्द विधेयकबाट हटाउन निजी विद्यालयको माग

साउन ३०, २०८२
private school againts on school education bill 111eyd by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने शब्द हटाउन माग गरेका छन्।
प्याब्सन र एनप्याब्सनले जिल्ला प्रशासन कार्यालय र शिक्षा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउँदै पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नपाइने बताएका छन्।
प्याब्सन र एनप्याब्सनले भदौ ७ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने र माग सम्बोधन नभए विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

३० साउन, काठमाडौं । आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गरेका छन् ।

शुक्रबार प्याब्सन र एनप्याब्सनले जिल्ला प्रशासन कर्यालय र जिल्ला शिक्षा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउँदै पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गरेका हुन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार महानगरपालिका, नगरपालिका र गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए । ‘देशैभर एकसाथ ज्ञापनपत्र बुझाएका छौँ । हिजो पालिकाहरूमा बुझायौं’, प्याब्सनका महासचिव आरबी कटुवालले भने, ‘पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन सकिँदैन ।’

विगतदेखि दिँदै आएको १० प्रतिशत छात्रवृत्ति मात्र दिन सकिने निजी विद्यालयहरूको भनाइ छ । प्याब्सन र एनप्याब्बसनले भदौ ७ गतेसम्म चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

त्यसपछि पनि माग सम्बोधन नभए विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । विधेयकमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ ।

तर निजी विद्यालय सञ्चालकहरूले पोशाक र आवासीय सुविधा हटाउन दबाब दिएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका अधिकांश सांसदले आवास र पोशाक पनि छात्रवृत्तिमा राख्नुपर्ने पक्षमा छन् ।

समितिमा पनि पूर्ण छात्रवृत्तिको विषयमा कुरा मिलेको छैन । तर निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भन्ने पारित भइसकेको छ ।

तर निजी विद्यालय कम्पनी वा शैक्षिक गुठी आफ्नो इच्छा अनुसार सञ्चालन गर्न पाउने प्रावधान विधेयकमा राखिएको छ । यदि पूर्ण छात्रवृत्ति नदिने हो भने सांसदको संशोधन अनुसार निजी विद्यालयलाई शैक्षिक गुठीमै ल्याउनु पर्ने विषयमा सांसदहरूले छलफल अगाडि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published.