सर्लाहीको हरिपुरवामा अज्ञात समूहद्वारा गोली प्रहार गरी शिक्षकको हत्या

साउन ३०, २०८२
Gun Fire by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सर्लाहीको हरिपुरवामा अज्ञात समूहले रामपुकार यादवमाथि गोली प्रहार गरी हत्या गरेको छ।
राति साढे ८ बजे गोली प्रहार भएपछि यादवलाई उपचारका लागि जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।
हतियारधारीले गोली प्रहारपछि भाग्ने क्रममा यादव मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

३० साउन, जनकपुरधाम । सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ । हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।

उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको डीएसपी राईले बताए ।

अस्पताल पुग्दासम्म यादवको मृत्यु भइसकेको जानकी एकेडेमिक हस्पिटलका सञ्चालक डाक्टर सुरेन्द्र यादवले पुष्टि गरे ।

मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा यादव दुर्घटनामा परेको बुझिएको डीएसपी राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.