काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। एक मिनेट ५० सेकेण्डको टिजरमा अन्यायविरुद्ध आवाज देखाइएको छ । चलचित्रका मुख्य अभिनेता समिर भट्ट एक्सन अवतारमा उत्रिएका छन् ।
सन्तोष सेनद्वारा निर्देशित र दर्शन जी द्वारा लिखित ‘बलिदान’ मा समीर भट्टसहित सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राया, कामेश्वर चौरासिया, प्रजल दुलाल, जीवन बराल र रितेश जंग पौडेल लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।
चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताका रूपमा रहेका छन्। यसको क्रिएटिभ डिरेक्सन सन्देश भुर्तेलले गरेका छन् र संगीतको पाटो सुजन चापागाईंले सम्हालेका छन्।
यो चलचित्र २०८२ साल असोज १३ गते फुलपातीकाे दिनमा रिलिज हुनेछ।
टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रको उत्सुकता बढेको छ। ‘बलिदान’ २०२५ को बहुप्रतिक्षित चलचित्रमध्ये एक बन्ने अनुमान गरिएको छ।













