ताप्लेजुङ गोल्डकपः उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै -वाइरिबल

साउन ३१, २०८२
Football in goal sLruBmXUNl.webp by Ditible

ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलअन्तर्गत आज ललितपुरको चर्च ब्वाइज क्लब र सिरहाको सलहेश युवाक्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख दुई हजार र उपविजेताले रु तीन लाख ५० हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published.