उत्तरी गोरखाको ल्होस्थित सात घरमा आगलागी – Online Khabar

साउन ३१, २०८२
Gorakha agolagi 2 by Ditible

३१ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–२ ल्होस्थित सात वटा घरमा आगलागी भएको छ । शुक्रबार राति करिब साढे एघार बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय तेन्जिङ लामा, रेक्जिन लामा, टासी लामा, वर्केन लामा, घ्याचु लामा, सान्दुक लामा र छेवाङ लामाको घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

वडाध्यक्ष मिङ्ग्युर दोर्जे लामाका अनुसार आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, अन्नपात तथा नगदसहित केही गरगहना जलेर नष्ट भएको छ । उनका अनुसार सान्दुकको घरमा लागेको आगो अन्य घरमा सल्किन पुगेको हो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.