कारागारबाट भागेका कैदी पक्राउ – Online Khabar

साउन ३१, २०८२
jail karagar by Ditible

३१ साउन, काठमाडौं ।  सुनसरीको झुम्का कारागारबाट तीन दिनअघि भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् ।

कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापाको बिर्तामोड नगरपालिका-१०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए ।

जबरजस्तीकरणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

जबरजस्ती करणी कसूरमा १३ बर्ष कै्रद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.