लिन पुग्यो प्रहरी र सशस्त्रको गाडी – Online Khabar

साउन ३१, २०८२
rabi lamichhane karagar by Ditible

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याउन लागिएको छ ।

उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।

सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ । अब केहीबेरमा उनी जहाज हुँदै काठमाडौं आउनेछन् ।

दिउँसो ३ बजेर १० मिनेटमा उनलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

रविले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो ।

Leave a Reply

Your email address will not be published.