अव्यवस्थित बसोबासीलाई तत्काल जग्गा नदिने कांग्रेस प्रस्ताव भूमिमन्त्रीले गरे अस्वीकार

साउन ३१, २०८२
Krishi samiti 1 by Ditible

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले अव्यवस्थित बसोबासीहरूलाई तत्काल जग्गा नदिनेगरी लगेको प्रस्ताव भूमि, व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अस्वीकार गरेका छन् ।

शनिबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिको बैठक बस्नुअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा। दिलेन्द्र बडू लगायतले प्रस्ताव राखेका थिए ।

सो आन्तरिक छलफलमा उनीहरूले भूमिहीन, दलित, भूमहीन सुकुमबासीलाई जग्गा दिने विषय विधेयकमा राख्ने र अव्यवस्थित बसोबासीको विषय विधेयकबाट हटाउने प्रस्ताव राखेका थिए ।

जवाफमा भूमिमन्त्री अधिकारीले अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्नुपर्ने र सरकार सो विषयमा अडिग रहेको बताए ।

आन्तरिक छलफल केहीबेर चल्यो । तर, कांग्रेस सांसदको प्रस्तावमा सहमत हुन नसकेपछि मन्त्री अधिकारी बाहिरिए ।

मन्त्री अधिकारी करिब १ घन्टा छलफलमा बसेर निस्किएका हुन् ।

उनी निस्किएपछि समितिको औपचारिक बैठक बसेको थियो । बैठकमा समिति सभापति कुशुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको र आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने बताइन् ।

लगत्तै, केहीबेरमै थप अध्ययन गर्ने र अर्को बैठक बस्ने बताइन् ।

बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको थियो । तर, समितिको बैठक सुरु भए लगत्तै स्थगित भएको थियो ।

समितिका सचिव शिवदत्त बरालले प्रतिनिधि सभाको बैठक भदै ४ गते रहेको र त्यसकै वरिपरि अर्को बैठक बस्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.