रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

साउन ३१, २०८२
Rabi lamichhanee by Ditible

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ ।

उनलाई नेपाल आयल निगमको गेटबाट निकालेर नख्खु लगिएको हो ।

कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लान लागिएको हो ।

उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् ।

उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए ।

अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published.