रवि काठमाडौं आउँदै, विमानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी (तस्वीरहरू)

साउन ३१, २०८२
rabi bimansthal 1 by Ditible

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ ।

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिन लागेको हो । अहिले विमानस्थलमा उनका समर्थक तथा रास्वपा नेताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । त्यस्तै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

उता ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याउन लागिएको हो । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रास्वपा  नेता कार्यकर्ताको भीड लागेको थियो ।

उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published.